दफा १०क
अस्थायी दर्ता सम्बन्धी विशेष व्यवस्थाः
(१) अस्थायी रूपमा आयोजना गर्ने प्रदर्शनी मेला तथा अन्य यस्तै कारोबारको हकमा कारोबार सुरु हुनुभन्दा अगावै आयोजक तथा त्यस्तो आयोजनामा कर लाग्ने वस्तु वा सेवाको कारोबार गर्ने मूल्य अभिवृद्धि करमा दर्ता नभएका व्यवसायी तोकिए बमोजिम मूल्य अभिवृद्धि करमा अस्थायी रूपमा दर्ता हुनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यवसायीले सो कार्यक्रममा राख्ने वस्तु स्टक ट्रान्सफर गरी लैजान पाउनेछ ।
(३) उपदफा (१) बमोजिमको कार्यक्रमको लागि मात्र दर्ता भएको करदाताले आयोजना गरेको प्रदर्शनी मेला समाप्त भएको सात दिनभित्र कारोबारको विवरण पेश गरी लाग्ने सम्पूर्ण कर समेत दाखिला गरी अस्थायी दर्ता खारेज गर्नु पर्नेछ ।